Logo
४ श्रावण २०८२, शनिबार
(May 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

 त्रिभुवन विमानस्थल आजदेखि दैनिक २१ घण्टा संचालनमा आउने 

काठमाण्डौ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संचालन अवधि तीन घण्टा थप भएको छ । यसअघि दैनिक १८ घण्टा संचालन हुने विमानस्थल सोमबारबाट २१ घण्टा सञ्चालनमा आउने भएको छ ।

दैनिक २१ घण्टा विमानस्थल सञ्चालन हुँदा उडान अवतरणको चाप घट्ने र जहाजलाई आकाशमै ‘होल्ड’ गर्नुपर्ने समस्या समाधान हुने विश्वास गरेको छ ।

यसअघि साढे १२ बजेसम्म सञ्चालन हुँदै आएको विमानस्थल आजबाट बिहान ६ बजेदेखि अर्को दिन बिहान तीन बजेसम्म सञ्चालन हुन्छ ।

त्रिभुवन विमानस्थललाई २१ घण्टा सञ्चालन गर्न चाहिने एटीसीलगायत आवश्यक जनशक्ति व्यवस्थापन भइसकेको छ । त्यसैगरी अतिरिक्त समय खटिने कर्मचारीहरुलाई प्रोत्साहन भत्ता दिने निर्णय पनि गरेको छ ।

यसअघि पर्यटन मन्त्री रविन्द्र अधिकारीले एक सय दिने कार्ययोजना सार्वजनिक गर्दै दैनिक २१ घण्टा विमानस्थल सञ्चालन गर्न निर्देशन दिएका थिए । मन्त्री अधिकारीकै अवधारणाअनुसार विमानस्थल संचालनको अवधि थपिएको हो ।

प्रकाशित मिति: May 21, 2018

प्रतिक्रिया दिनुहोस्