Logo
९ श्रावण २०८१, बुधबार
(May 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारको निसानामा वैदेशिक रोजगारको सिन्डिकेट : भीएलएनका अध्यक्ष श्रेष्ठ समातिए

काठमाडौं : यतायातमा रहेको सिन्डिकेट तोडिएपछि सरकारको निसानामा अब वैदेशिक रोजगारको सिन्डिकेट परेको छ । सरकारले वैदेशिक रोजगारीमा सिन्डिकेट लाद्ने व्यवसायीलाई पनि पक्राउ गर्न थालेको छ । मलेसिया जाने कामदारमाथि भीएलएन र वानस्टप सेन्टरका नाममा अतिरिक्त आर्थिक भार थपेर अवैध धन्दा चलाइरहेका राम श्रेष्ठ पक्राउ परेका छन् ।

प्रहरी श्रोतका अनुसार भीएलएको कार्यालयमा छापा हानेर प्हरीले श्रेष्ठलाई फत्राउ गरेको हो । कार्याल्यबाट ल्यापटप र कागजात पनि बरामद गरिएको छ । इड स्पेस म्यानपावरमा सञ्चालक श्रेष्ठ हारभेष्ट मुन ट्राभलका सञ्चालक पनि हुन् ।

श्रम तथा रोजगामन्त्री गोकर्ण बिष्टले पदबहाली गरेलगत्तै वैदेशिक रोजगारीका नाममा लादिएको सिन्डिकेट तोड्ने घोषणा गरेका थिए । उनले मलेसियमा नयाँ सरकार बनेलगत्तै कुटनीतिक रुपमा यस्ता गैरकानुनी धन्दा बन्द गराउन कुटनीतिक पहल गरेका थिए ।

सरकारबाट अनुमति नै नलिई मलेसियन सरकारका उच्च अधिकारीसँग मिलेमतो गरी मलेसिया जाने कामदारबाट भीएलएनको नाममा ३२ सय र वानस्टप सेन्टरको नाममा करबाहेक २८ सय रुपैयाँ अशुल्ने काममा उनको श्रेष्ठको भूमिका भएको आरोप छ ।

प्रकाशित मिति: May 20, 2018

प्रतिक्रिया दिनुहोस्