Logo
२ श्रावण २०८१, बुधबार
(May 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले-माओवादी एकतापछि कांग्रेसभित्र आन्तरिक एकताको छलफल, रात्रिभोज गर्ने

काठमाडौं, ५ जेठ : नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र अहिले ‘थ्रेट’ बढेको छ। कांग्रेसका एक नेताले भने,‘कम्युनिष्टहरु एक भएपछि अब हामी पनि अब एक हुनुपर्छ, यसको कुनै विकल्प छैन्।’

कम्युनिष्ट पार्टीहरुबीचको एकता सम्पन्न भएपछि कांग्रेसभित्र यतिवेला आन्तरिक एकताको छलफल सुरु भएको छ। यसको लागि सभापति शेरबहादुर देउवाले पार्टीको आन्तरिक भेला बोलाउने तयारी थालेका छन्।

सभापति देउवाले आफूसहित बरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु क्रमशः विजय कुमार गच्छदार, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, डा. रामशरण महत, प्रकाशमान सिंह, डा. शशांक कोइराला, शेखर कोइरालासहितको रात्रि भोजको आयोजना गर्दैछन्।

प्रकाशित मिति: May 19, 2018

प्रतिक्रिया दिनुहोस्