Logo
५ श्रावण २०८१, शनिबार
(May 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेण्डिकेटको अन्त्यपछि गृहमन्त्रीको नयाँ उद्धघोष : अब देशभरिका गुण्डाहरुलाई तह लगाउँछु

काठमाडौं, ५ जेठ : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले आफूले देशभरिका गुण्डाहरुलाई तह लगाउनेगरि एक्शन लिन लागेको स्पष्ट पारेका छन् ।

एक टेलिभिजन सोका लागि बोल्दै गृहमन्त्री थापाले आफूल अब गुण्डाहरुलाई तह लगाउनेगरि एक्शन चाल्न लागेको बताए । उनले भने,‘सानादेखि ठूलासम्म सबै डनहरुलाई निमिट्यान्न पार्ने योजना सार्वजनिक गर्छु, डनसँग सम्बन्ध भएका नेताहरुलाई पनि कारबाही गर्छु, कसैलाई छोड्दिन्।’

उनले अब कुनैपनि डनहरुलाई राजनीतिक संरक्षण हुन नदिने उनको घोषणा छ । उनले भने,‘अब डनहरुको बिगबिगी हुँदैन्, कसैलाईपनि छोड्दिन्, देश अब सुशासनमा अघि बढ्छ।’ त्यस्तै उनले लहरो तान्दा पहरो थर्किएपनि अब सुन तस्कर जो भएपनि नछोड्ने चेतावनी दिए ।

मन्त्री थापाले यातायातमात्रै नभएर अब सबै क्षेत्रको सिण्डिकेट ५ वर्षभित्र तोडिने उद्धघोष गरे । यही वर्षको आर्थिक बजेटमा सुरक्षाकर्मीहरुको तलब तथा सेवा सुविधा बढाउँने उनले विश्वास दिलाए । उनले दोहोर्याएर भने,‘यही आर्थिक वर्षमै म सुरक्षाकर्मीहरुको तलब बढाउँछु ।’

फरक प्रसँगमा उनले एमाले–माओवादी केन्द्रबीच भएको पार्टी एकतापछि आफू निकै खुशी भएको प्रतिक्रिया दिए ।

प्रकाशित मिति: May 19, 2018

प्रतिक्रिया दिनुहोस्