Logo
६ श्रावण २०८१, आईतबार
(May 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पेट्रोलियम पदार्थको भाउ बढेको बढै, मूल्य वृद्धि हुने संभावना

काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । बुधवार बेलुका बसेको नेपाल आयल निगम सञ्चालन समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई÷दुई रुपैयाँ मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।

विगत केहि महिना देखि पेट्रोलियम पदार्थको भाउ लगातार बढिरहेको छ । यसरी भाउ वृद्धि हुँदा दैनिक उपभोग्य वस्तुको पनि मूल्य वृद्धि हुने र जनताको दैनिक जिवन यापनमा यसको असर पर्ने छ ।

बुधवार राति १२ बजेपछि लागू हुने गरी बढाइएको मूल्य वृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर ११० रुपैयाँ र डिजेल र मट्टितेलको भाउ ९२ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

प्रकाशित मिति: May 17, 2018

प्रतिक्रिया दिनुहोस्