Logo
१० असार २०८२, मंगलबार
(May 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

 विद्युत चुहावट भई आगलागीबाट रु बीस लाख बराबरको क्षति

गाईघाट: उदयपुरको रौतामाई गाउँपालिका–२ मा बुधबार साँझ स्थानीय रामकुमार मगरको घरमा विद्युत्को पेल्ट्रिक सेटबाट विद्युत चुहावट भई आगलागी हुँदा दुईतले घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मगरको घरमा आगलागी हुँदा दुईतले घरसहित अन्नपात, लत्ताकपडा, नगद तथा भाँडाकुडासहित घरका सम्पूर्ण वस्तु जलेर नष्ट हुँदा रु बीस लाख बराबरको क्षति भएको छ ।

मानवीय क्षति भने नभएको र अन्यत्र आगलागी हुन नदिन स्थानीय प्रहरी चौकी र जनताको सहभागितामा आगो नियन्त्रण गरिएको पनि प्रहरीले बताएको छ ।

प्रकाशित मिति: May 10, 2018

प्रतिक्रिया दिनुहोस्