ग्याष्ट्रिक बिग्रीएर अल्सर हुनसक्छ, ग्याष्ट्रिक कम गर्न औषधी के छ त ?
एजेन्सी: खानपानमा सर्तक रहँदा रहँदै पनि कहिले कहिं ग्याष्ट्रिकले सताउने हुनसक्छ । ग्याष्ट्रिक आम समस्या हो । नेपालमा ग्याष्ट्रिकबाट कयौं मानिसहरु पिडित छन् ।
ग्याष्ट्रिककै कारणले तपाईको पेट भित्र गम्भीर घाउ पनि भैसकेको हुन सक्छ । ग्याष्ट्रिकले उग्र रुप लिदै जादा ज्यानै जान पनि बेर लाग्दैन । ग्याष्ट्रिक कम गर्न औषधी किनेर खान्छौ । यस्ता औषधीले पीडाबाट छुटकारा त दिन्छ तर, शारीरिक स्वास्थ्यमा भने असर गरिरहेको हुन्छ । त्यसैले सकेसम्म घरेलु औषधी सेवन गर्नु नै बढी फाइदाजन हो, जो सहजै उपलब्ध हुन्छ, सस्तो पर्छ र साइट इफेक्ट पनि हुँदैन ।
सबैभन्दा महत्वपूर्ण कारण एच पाइलोरी व्याक्टेरीयाको संक्रमण हो । त्यसैगरी पेन किलर औषधि, स्टेरोइड, इन्फ्लामेटरी आन्द्राको रोग हुन् । त्यस्तै धुमपान, मद्यपान, कोल्ड ड्रिङ्क्स, चिया, कफी, अनिन्द्रा लगायतले पनि ग्याष्ट्रिक बढाउँछ । अधिकांश नेपालीले खानासँगै गाडेको अचार खाने, पिरो खाने, धेरै मसलेदार खाना खाने गर्दा ग्याष्ट्रिक बढी हुन्छ । अर्को कुरा हाम्रो बजार अनुगमन गतिलो हुँदैन ।
उपचार: ग्यास्ट्राइटिस धेरै कारणले हुने रोग हो । तीव्र ग्यास्ट्राइटिस समयमै उपचार हुन सके रोग जीर्ण हुनबाट बचाई यसका अन्य जोखिम निवारण गर्न सकिन्छ । तसर्थः चिकित्सकको निगरानीमा रोगको निदान तथा उपचार गर्नतिर लागौं । दीर्घ-जीर्ण ग्यास्ट्राइटिसको ठूलो हिस्सा जीवनशैलीसँग सम्बन्धित भएकाले जीवनशैली परिवर्तन गर्न नितान्त जरुरी छ । जीवनशैली परिवर्तन भनेको भोजन, ब्यायाम, विश्राम, विचार र व्यवहारलाई स्वास्थ्यमैत्री हुने गरी समायोजन गर्नु हो ।
दुखाइ कम गर्ने औषधि ९एस्पिरिन, बु्रफेन, निम्स, नेप्प्रोक्सिन, मसला, खुर्सानी र नुन ज्यादा हालेको खानेकुरा, अस्वस्थ खानपान, ब्यायामको अभाव, तेलमा डुबाएका वा भुटेका खानेकुराहरू रातो मासु, छाला, बोसो, कलेजो, घिउ, बटर, चिज जस्ता चिल्लो र बोसोयुक्त पदार्थहरू, जाँड–रक्सी, धूमपान तथा सुर्तीजन्य पदार्थ त्याग्ने, हानिकारक मानिएका खाना छाडेर रेशा र चोकरयुक्त खस्रामोटा खानेकुराहरू, सागसब्जी, सलाद–फलपूmल र अंकुरित अन्न, फलको रस, ताजा मोही, लस्सीको सेवन ग्यास्ट्राइटिसमा उपयोगी छ ।
त्यसैगरी स्याउ, स्ट्रबेरी, मेवा, लसुन, प्याज, हिङ, जिराजस्ता खाद्य पदार्थलाई भोजनमा समावेश गरौं । पानी प्रशस्त पिउनुपर्छ यसो गर्दा ग्यास्ट्रिक एसिडले आमाशयलाई हानि पुराउन पाउँदैन । नियमित रूपमा पानी पिउने, सुत्नुअघि र उठिसकेपछि प्रशस्त पानी पिउने । तनावमुक्त रहने, प्याकिङ गरिएका रेडिमेट खानाहरू, कोक, पेप्सी जस्ता पेय पदार्थ खानु हुँदैन ।
सावधानीहरू:
- माथि उल्लेखित भएका जीवनशैलीमा बाँच्ने कोसिस गरौं ।
- दुखाइ कम गर्ने तथा अन्य औषधि चिकित्सकको परामर्शमा मात्र लिने गरौं ।
- माथि बताइएका लक्षण देखा पर्न गए चिकित्सकसँग परामर्श लिऔं ।
- ग्यास्ट्रिकको उपचार गर्दा चिकित्सकले दिएको औषधि पूर्णरूपले खाने गरौं ।
- कलेजो, मृगौला, फियो र आन्द्राका रोग भएकाहरूले रोगको उपचारमा सावधानी अपनाऔं ।
- पेट तथा छातीको अपरेसन गर्दा ग्यास्ट्रिक हुने सम्भावना ज्यादा रहने भएकाले सावधानी अपनाऔं ।
- कीटाणु ज्।एथयिचष् बाट बच्न सफा खाना, पानी र वातावरणको प्रयोग गरौं ।