Logo
१३ बैशाख २०८२, शनिबार
(April 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुर्यविनायक-धुलिखेल सुरुङमार्ग बन्ने , जापानसँग ऋण सम्झौता हुने

काठमाडौं: अरनिको राजमार्गको सुर्यविनायक-धुलिखेल सुरुङमार्ग निर्माणका लागि आगामी मे महिनामा ऋण सम्झौता हुने भएको छ ।

सुरुङमार्ग निर्माणका लागि नेपाल र जापान सरकारका बीचमा सम्झौता गर्ने तयारी भैरहेको वैदेशिक समन्वय महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिए । उनले मे मा जापानी टोली ऋण सम्झौताकालागि नेपाल आउने समेत बताए । नेपाल र जापानबीचमा मे मा हुन लागेको द्धिपक्षीय बैठकले सुरुङमार्ग र सडक विस्तार सम्बन्धी निर्णय लिने बताइएको छ । महाशाखाका अनुसार मे अन्तिम साता जापानी टोली नेपाल आउनेछन् । महाशाखा प्रमुख श्रेष्ठले ऋण सम्झौता भएपछि निर्माणको प्रक्रिया अघि बढ्ने जानकारी दिए ।

गत मार्चमा जापानी अन्तराष्ट्रिय सहयोग नियोग(जाइका)को टोली नेपाल आइ सुरुङ मार्ग निर्माणका बारेमा एक चरणको छलफल गरेर गैसकेका छन् । उक्त द्धिपक्षीय छलफलमा ऋण सम्झौता गरेर अघि बढ्ने निर्णय भएको थियो ।भक्तपुरको पलाँसेबाट धुलिखेलतिर जानेबाटो अत्यन्त घुमाउरो र जोखिमपुर्ण रहेको छ । भक्तपुरको पलाँसे नजिकैको गणेश मन्दिर छेउबाट धुलिखेलतिर सुरुङमार्ग निर्माण गर्न लागिएको वैदेशिक महाशाखाले जनाएको छ ।

यो खण्डमा सुरुङमार्गसंगै १६ किलोमिटर सडक पनि ८ लेनमा विस्तार गर्न लागिएको महाशाखाले जनाएको छ । सुरुङमार्ग र सडक विस्तारका लागि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। जसमा केही प्रतिशत नेपालको पनि लगानी रहने महाशाखाले जनाएको छ । अहिले सुरुङ मार्गको सम्भाव्यता अध्ययन भैसकेको छ ।

एउटा सुरुङमार्गको चौडार्इ ९ मिटरको हुनेछ । दुर्इवटा लेन हुनेछ ३।५ र ३।५ मिटरको । दुवैतिर १ र १ मिटरको स्पेश छोडिने छ । सुरुङमार्गको लम्वार्इ करिव १।३ र १।३ किमी हुने छ। यो सुरुङमार्ग निर्माणपछि तातोपानी नाका र अरनिको वीपी राजमार्ग हुँदै आउने यात्रुलार्इ सहज हुनेछ । सुरुङमार्ग बनेपछि त्यस क्षेत्रमा अहिले दैनिक रुपमा घण्टौसम्म हुने गरेको जाम पुर्ण रुपमा हट्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: Apr 30, 2018

प्रतिक्रिया दिनुहोस्