दालचिनी का फाइदाहरु के के छन् त ?
आयुर्वेदमा दालचिनीलाई औषधि मानिएको छ । दालचिनीको रुखको बोक्रालाई मसलाको रूपमा प्रयोग गरिन्छ । यसैलाई औषधिका रूपमा पनि प्रयोग गरिन्छ । दालचिनीको बोक्रा केही बाक्लो, चिल्लो तथा खैरो रंगको हुन्छ । दालचिनीले मोटोपन कम गर्नुका साथै अन्य थुप्रै समस्यामा समेत फाइदा पुर्याउँछ । यसलाई रगत सफा पार्ने औषधी मानिन्छ । यसलाई नियमित राति सुत्नुअघि र बिहान खाली पेटमा एक गिलास तातोपानीसँग सेवन गर्नाले स्वास्थ्यमा निकै फाइदा पुग्छ ।
के के छन् त यसका फाइदा रु हेरौँ
- मनतातो पानीमा एक चिम्टी दालचिनीको धूलो तथा एक चिम्टी मरिचको धूलो महसँग मिसाएर पिउँदा रुघा तथा चिसोका कारण उब्जिएको घाँटीको समस्या ठीक हुन्छ ।
- दालचिनीको धूलोलाई तातोपानीसँग सेवन गर्नाले जोर्नीको दुखाइमा राहत मिल्छ ।
- रक्तशोधक अर्थात् रगत सफा पार्ने काम गर्ने भएकाले यो छालासम्बन्धी रोगका लागि निकै फाइदाजनक हुन्छ । विशेष गरी डण्डीफोरको समस्यामा यसले निकै राहत प्रदान गर्छ ।
- अपच, मुखबाट अमिलो पानी तथा झुसिल डकार आउने, एसिडिटी तथा पेटसम्बन्धी अन्य थुप्रै समस्यामा दालचिनीको प्रयोगले आराम मिल्छ ।
- यसले पाचन प्रणाली तन्दुरुस्त बनाएर मेटाबोलिज्म बढाउँछ तसर्थ मोटोपन भएका मानिसका लागि निकै लाभदायक हुन्छ ।
- यसले कोलेस्ट्रोल कम गर्छ, रक्तनलीको ब्लकेज हटाउन गद्दत गर्छ । तसर्थ मुटुरोगीका लागि यो निकै फाइदाजनक हुन्छ भने सामान्य मानिसलाई मुटुरोगबाट बच्न सहयोग पुर्याउँछ ।
- दालचिनी पानीले शरीरबाट हानिकारक टक्सिनहरू बाहिर निकाल्छ तसर्थ क्यान्सरजस्ता घातक रोगहरूबाट बच्नका लागि यो निकै लाभदायी छ ।
- राति सुत्नुअघि दालचिनी पानी पिउनाले कान कम सुन्ने, कान बज्ने तथा कानमा संक्रमण भइरहने कानसम्बन्धी समस्यामा फाइदा दिन्छ ।