Logo
१७ बैशाख २०८२, बुधबार
(April 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली ब्राण्डको पहिरनमा बलिउड अभिनेत्री करिश्मा र्‍याम्पमा उत्रिँदै

बलिउड अभिनेत्री करिश्मा कपुरले नेपाली ब्राण्ड ‘पेरी फेसन’ को पहिरनमा र्‍याम्प वाक गर्ने भएकी छन् । शुक्रबार नयाँ दिल्लीमा हुने ‘एसियन डिजाइनर फेसन विक’ को शोज टपरको रुपमा उनी पेरीका पहिरनमा र्‍याम्पमा उत्रिने भएकी हुन् ।

फेसन विकको अफिसियल इन्टाग्राम पोष्ट मार्फत उनले यस्तो कुरा बताएकी छन् । फेसन विकको छैंटौ संस्करणमा पेरीकी डिजाइर प्रिया राउतको पहिरनमा आफू प्रस्तुत हुने उनले जनाएकी छन् ।

काठमाडौंको गैरीधारामा पेरीको शोरुम रहेको छ । शोरुम सञ्चालनको आठ महिनाको अवधिमा पेरीले भारतमा हुने फेसन विकमा सहभागिता जनाएको हो ।

आइतबारसम्म चल्ने फेसन शोमा भारतसहितनेपाल, बंगलादेश, भुटान, श्रीलंका र अफगानिस्तान लगायत अन्य एसियाली मुलुकका डिजाइनर सहभागी हुँदैछन् ।

 

प्रकाशित मिति: Apr 26, 2018

प्रतिक्रिया दिनुहोस्