Logo
११ बैशाख २०८१, मंगलबार
(April 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय प्रधानमन्त्री माेदी अाउन दुर्इ साता बाँकी रहँदै काठमाडाैंमा ‘सर्च अप्रेशन’

काठमाडौं बैशाख १३ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा अाउन दूर्इ साता बाँकी छ, यता काठमाडाैंमा भने सुरक्षा व्यवस्थाकाे नाममा कडाइ हुन थालेकाे छ । बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले आफ्ना मातहतका बृत्तलाई काठमाडौंको सुरक्षा कडा बनाउन निर्देशन दिएका छन् ।

सुरक्षा योजनाअनुसार बुधबारबाट नै राजधानीमा सर्च अप्रेशन सुरु गरेको जनाइएकाे छ । शंकास्पद गतिविधिमा लागेका व्यक्तिको निगरानीदेखि जाँचसमेत गर्न आदेश भएको बिफ्रिङमा सहभागी एक प्रहरी अधिकृतले बताए। माेदीकाे भ्रमणलार्इ लक्षित गरी सरकारले कडा सुरक्षा व्यवस्था कडा बनाउने तयारी गरेको जनाइएकाे छ ।

गृह मन्त्रालयको निर्देशनअनुसार राजधानी, जनकपुरलगायतका स्थानमा सुरक्षा व्यवस्था कडा बनाउन लागिएको हो ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते नेपाल भ्रमणमा आउने भएका छन् । वैशाख २८ गते नै मोदी जनकपुरसमेत जाने कार्यक्रम रहेको भारतीय र नेपाली अधिकारीहरुलाई उद्धृत गर्दै भारतीय निजि अखवार हिन्दुस्तान टाइम्सले जनाएको छ ।

प्रकाशित मिति: Apr 26, 2018

प्रतिक्रिया दिनुहोस्