Logo
१२ बैशाख २०८१, बुधबार
(April 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मध्यरातमा बलात्कार गर्न खोज्ने पुरुषको ज्यान गएपछि महिला पक्राउ

दाङ : दाङमा एक महिलाको आक्रमणमा परी एक जना पुरुषको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिकाकी ४० वर्षीया एक महिलाको आक्रमणबाट स्थानीय ६४ वर्षीय रोबरबहादुर खत्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले प्रहरी नियन्त्रणमा रहेकी महिलाले खत्रीले बलात्कारको प्रयास गरेपछि लात्ताले हिकाउँदा अन्डकोषमा लागेर घटनास्थलमै मृत्यु भएको भन्ने बयान दिएको जानकारी दिए ।घटना वैशाख ९ गते बिहान २ बजेको खुल्न आएको डिएसपी सापकोटाले जानकारी दिए।

पक्राउ परेकी महिलाले दिएको बयान अनुसार ती महिलाको घरमा किराना पसल छ । ६४ वर्षीय खत्री ९ गते राति १ देखि डेढ बजेको बिचमा गुट्का किन्ने भन्दै ती महिलालाई उठाएका थिए। तर गुट्का किनेपछि फेरि खत्रीले आफूलाई पानी प्यास लागेको बताएपछि उनीहरु दुबै जना महिलाको कोठामा गए । उक्त घरमा ती महिलाका छोरा छोरी पनि सँगै बस्दै आएका छन्। त्यही क्रममा खत्रीले ती महिलामाथि जबरजस्ती बलात्कारको प्रयास गरेका थिए। त्यसले आफूलाई पीडा भएपछि लात्ताले हान्दा संवेदनशील अंगमा लागेर खत्रीको घटनास्थलमै मृत्यु भएको भन्ने बयान ती महिलाले दिएको ईप्रका प्रमुख सापकोटाले बताए।

‘मैले लात्ताले हिर्काउँदा संवेदनशील स्थानमा लाग्यो र त्यही लडे। उठाउन खोजेँ तर उठेनन्। त्यसपछि मैले शवलाई बिहान तन्ना ओढाइ दिएर छोरीको उपचार गर्न भन्दै बजार निस्केकी हु,’ ती महिलालाई उद्धत गर्दै डिएसपी सापकोटाले भने। यसैबीच प्रहरीले ती महिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जानकारी दिएको छ। ५ दिन म्याद थपेर महिलामाथि अनुसन्धान सुरू गरेको डिएसपी सापकोटाले जानकारी दिए।

महिलालाई मुद्दा चलाइयो
यसैबीच लात्ती हान्ने उक्त महिलालाई प्रहरीले पक्राउ गरेको छ। बलात्कारको प्रयास गर्ने क्रममा आत्मरक्षाका लागि लात्तीले हान्दा ६४ बर्षका वृद्ध रोबर बहादुर खत्रीको ज्यान गएपछि प्रहरीले महिलालाई पक्राउ गरेको हो। ती महिलाले हानेको लात्तीले खत्रीको अण्डकोषमा लागेपछि घटना स्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन्।

प्रहरीले महिलाई हत्या गरेको आरोपमा कर्तव्य ज्यान सम्बन्धी मुद्दा चलाएको छ। ‘बैशाख आठ गते राति बुढा गुट्खा किन्ने निहुँमा पसलमा गएका रहेछन,’ ढोका खोलेर सामान दिने क्रममा बुढाले जबरजस्ती गर्ने क्रममा लात्तीले हिर्काउदा ठाउँको ठाउँ ढले छन।’ भोली पल्ट मंगलवार प्रहरीमा जानकारी आएपछि गएको प्रहरी टोलीले अनुसन्धान गर्ने क्रममा उक्त रहस्य खुलेको हो।

मृतकका आफन्तले ज्यान मारेको आरोप लगाउदै प्रहरीमा जोहेरी दिएका छन्। मृतक बुढाले उल्टो कट्टु लगाएको देखेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। घटना स्थलबाट कन्डम पनि फेला परेको प्रहरीले बताएको छ। महिलाका श्रीमान हाल विदेशमा रहेका छन्। तर नेपालमा करणी गर्ने मनसायले कसैले जार जुलुस गरेमा महिलाले आत्मरक्षाको लागि प्रतिकारको क्रममा ज्यान जाँदा कुनै सजायँ नहुने कानुन छ। मुलुकी ऐन जबर्जस्ती करणीको ८ नम्बरमा उक्त व्यवस्था गरिएको छ।

प्रकाशित मिति: Apr 25, 2018

प्रतिक्रिया दिनुहोस्