Logo
१२ बैशाख २०८१, बुधबार
(April 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

८४ वर्षीय वृद्धद्वारा एक लाखको अक्षयकोष

स्याङ्जा : यहाँका एक ८४ वर्षीय वृद्धले शिव पार्वती वृद्धाश्रममा रु एक लाखको अक्षयकोष स्थापना गर्नुभएको छ ।

स्याङ्जाको वालिङ नगरपालिका–६, मिर्दी निवासी जयबल्लभ तिवारीले वृद्धवृद्धाको स्वास्थ्योपचार लगायतका क्षेत्रमा प्रयोग गर्ने गरी अक्षयकोष स्थापना गरेको शिव पार्वती वृद्धाश्रम तथा बहुउद्देश्यीय संस्थाका अध्यक्ष कविता गैह्रेले बताउनुभयो ।

“आफू पनि वृद्ध भएकाले वृद्धवृद्धाको समस्या मैले बुझेको छु” अक्षयकोष दाता तिवारीले भन्नुभयो, “विशेष गरी वृद्धवृद्धाको स्वास्थ्योपचारका क्षेत्रमा प्रयोग गर्ने योजना भए पनि अक्षयकोषको नाम र रकम प्रयोगका लागि फेरि निर्णय गर्नेछु ।”

स्याङ्जा र पाल्पाको संगमस्थल रामनदी धाम, राम्दीमा हाल ७३ जना वृद्धवृद्धा आश्रय लिएर बस्दै आएका छन् । यसैबीच, मंगलबार तिवारीले आफ्नो चौरासी पूजाको अवसर पारेर वृद्धवृद्धालाई भोजन, दान दक्षिणा तथा लत्ताकपडा वितरण गर्नुभएको हो ।

त्यस्तै, मंगलबार नै वृद्धाश्रममा बस्दै आएका वृद्धवृद्धाको भोजनका लागि वालिङ नगरपालिका–८, वालिङ बस्ने दानवीर बालप्रसाद श्रेष्ठले रु एक लाख पाँच हजार आर्थिक सहयोग गर्नुभएको छ ।

प्रकाशित मिति: Apr 25, 2018

प्रतिक्रिया दिनुहोस्