Logo
३ बैशाख २०८१, सोमबार
(April 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरीमा मेलमिलाप केन्द्र प्रभावकारी बन्दै

इनरुवा : सुनसरीको देवानगञ्ज गाउँपालिकामा रहेको मेलमिलाप केन्द्र प्रभावकारी बन्दै गएको छ ।

स्थानीयले आफ्नो समस्या आफैँ समाधान गरौँ भन्ने मूलनाराका साथ पाँच महिनाअघि स्थापना गरेको मेलमिलाप केन्द्रले मेलमिलापको प्रभावकारी काम गरिरहेको मेलमिलापकर्ता देवनन्दन मेहताले जानकारी दिनुभयो ।

मंसिरमा स्थापना भएको केन्द्रले हालसम्म २४३ मुद्दा परेकोमा १५२ मा सहमति भई फछ्र्योट भएको मेहताले बताउनुभयो । गाउँमा सर्वसुलभ र सबैको पहुँचका लागि गाउँमा मेलमिलाप केन्द्र प्रभावकारी बनेको मेलमिलाप केन्द्र, देवानगञ्ज गाउँपालिकाका संयोजक रामेश्वर मेहताले जानकारी दिनुभयो ।

प्रकाशित मिति: Apr 25, 2018

प्रतिक्रिया दिनुहोस्