Logo
१० आश्विन २०७९, सोमबार
(April 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ससुरालीबाट घर फर्कंदा श्रेष्ठ दम्पतीको मृत्यु

झापा : पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिकास्थित दुर्गापुर सडकखण्डमा आज अपराह्न भएको सवारी दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनकुटाको देब्रेबास–४ निवासी ४२ वर्षीय राजेश श्रेष्ठ र ३३ वर्षीया उनकी श्रीमती पुष्पा श्रेष्ठ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिनुभयो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना७छ ८०१८ नंको टिपरको ठक्करबाट उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक श्रेष्ठ ससुरालीबाट श्रीमती लिएर घर फर्कंदै गरेको बताइएको छ । मृतक दम्पती झापाको पृथ्वीनगरबाट को१६प ४२०८ नंको स्कुटरमा घर फर्कदै गर्दा टिपरलाई उछिन्ने क्रममा टिपरले ठक्कर दिएको बताइएको छ ।

दुर्घटनामा संलग्न सवारीलाई इलाका प्रहरी कार्यालय सुरुङगाले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: Apr 24, 2018

प्रतिक्रिया दिनुहोस्