Logo
४ बैशाख २०८१, मंगलबार
(April 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जाबुलमा भएको सुरक्षा कारबाहीमा १६ आतङ्ककारी मारिए

अफगानिस्तानको दक्षिण प्रान्त जाबुलमा भएको एक सुरक्षा कारबाहीमा कम्तीमा १६ तालिबान आतङ्ककारी मारिएका यहाँको गृह मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।

जाबुल प्रान्तको शामुल्जाय जिल्लामा सोमबार गरिएको सुरक्षा कारबाहीको क्रममा तालिबानका एक प्रान्तीय कमाण्डर र तीन आत्मघाती आक्रमणकारीको समेत मृत्यु भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जानकारी दिइएको छ ।

सो इलाकामा सेनाले गरेको हवाई कारबाहीका आतङ्ककारी समूहले प्रयोग गरिरहेका हातहतियार, युद्धमा प्रयोग हु्ने सरसाम्रागी एक सवारी साधान, दुई मोटरसाइकलसमेत क्षति गरिएको बताइएको छ ।

गएको १७ वर्षदेखि अफगानिस्तानमा युद्ध जारी राखेका तालिवान आतङ्ककारी समूहले यस विषयमा केही टिप्पणी गरेका छैनन् ।

प्रकाशित मिति: Apr 24, 2018

प्रतिक्रिया दिनुहोस्