Logo
१७ बैशाख २०८२, बुधबार
(April 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शेयर बजारमा नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं : शेयर बजारमा आज नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार १५.९९ बिन्दुले ओरालो लागेर नेप्से परिसूचक एक हजार ३९४ बिन्दुमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक ३.४२ बिन्दुले ओरालो लागेर २९४.६२ बिन्दुमा पुगेको छ ।आज कूल १७० कम्पनीको १७ लाख १९ हजार ८०० कित्ता शेयर रु ७३ करोड ९२ लाख २२ हजार ५९ मूल्यमा खरिद बिक्री भएको स्टकले जनाएको छ ।

आज व्यापार उपसमूहबाहेक अरु सबै उपसमूहको शेयर ओरालो लागेको छ । व्यापार समूह २.८७ बिन्दुले बढ्दा बैंकिङ १५.८५, होटल ११.८३, विकास बैंक २७.७९, जलविद्युत् १३.१, फाइनान्स ९.९२, बीमा ७६, उत्पादन ९.९१, अन्य ६.८३, माइक्रोफाइनान्स १०.५१ बिन्दुले ओरालो लागेको छ ।

प्रकाशित मिति: Apr 24, 2018

प्रतिक्रिया दिनुहोस्