Logo
२१ आश्विन २०७९, शुक्रबार
(April 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डुमरवानामा टाटा सुमोको ठक्करबाट एक जनाको मृत्यु

सिमरा : बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका–१५ डुमरवानामा टाटा सुमोको टक्करबाट मंगलबबार एक जनाको मृत्यु भएको छ ।

सिमरका इलाका प्रहरी कार्यालय अनुसार टाटा सुमोको ठक्करबाट स्थानीय वासी नन्दु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । डुमरवानाबाट सिमरातर्फ आउँदै गरेको ना १ ज ७४९७ नं को सुमोले विपरीत दिशातर्फ जाँदै गरेको ना १८प ८१०५ नं को मोटरसाइकललाई ठक्कर दिँदा चौधरी घाइते भएका थिए ।

घाइते चौधरीको उपचारका लागि वीरगञ्जस्थित हेल्थ केयर लागिए पनि उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएकामा बाटामै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Apr 24, 2018

प्रतिक्रिया दिनुहोस्