Logo
१२ बैशाख २०८१, बुधबार
(April 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश सञ्चालनका लागि कानुन निर्माण नै पहिलो प्राथमिकता : मुख्यमन्त्री

जनकपुर : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘प्रदेश सञ्चालनका लागि पहिला कानुन बनाउनमा आफ्नो ध्यान केन्द्रित रहेको बताएका छन् । कानुन निर्माण भइसकेपछि प्रदेश सरकार सक्रिय भएको महसुस हुने उनको भनाइ रहेको छ । केन्द्रले मुलुक संघीयतामा गइसके पनि अधिकार बाँडफाँटमा भने अझै पहिलाजस्तै नै समस्या रहेको बताएका छन् ।
कानुनका बाटाहरू खुकुलो नगर्दा प्रदेश सरकार सञ्चालनमा कठिनाइ भइरहेको बताएका छन् ।

मुख्यमन्त्री राउतले पहिलाको संरचना सबै स्थानीय तहमा मर्ज गरिएको पनि नयाँ संरचना भने नभएको बताएका छन् । प्रदेश सरकारसँग आम्दनीका अतिरिक्त स्रोतहरु पनि नरहेको मुख्यमन्त्री राउतले बताए । उनले सबै प्रदेशमा यही समस्या रहेको बताउँदै अझै पनि निजामती कर्मचारी संघकै मातहतमा रहेकाले विकास निर्माणका कामहरुले गति लिन नसेको बताए ।

प्रदेशमा कर्मचारी अभावका कारण कामहरु अस्तवयस्त भएको उनको भनाइ छ । उनले भने चाहे जस्तो कर्मचारी नभएका कारण जनताको अपेक्षाअनुसार प्रदेश सरकारले कम गर्न सकिरहेको छैन । प्रदेश संक्रमणकालीनमा अवस्थामा रहेको बताउँदै उनले केन्द्रले दिएकै बजेटबाटै प्रदेश सरकार चलिरहेको बताए । उनले भने कानुन निर्माण गर्ने विज्ञ छैनन्, स्रोतसाधनको पनि उत्तिकै अभाव रहेको छ ।

प्रदेश सरकार गठन भएको २ महिनामा मात्रै ४ वटा काम भएको छ । सहिद परिवारलाई रोजगारी दिने, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने, ‘बेटी पढाऊ, बेटी बचाऊ अभियान’ तथा प्रदेश संसद्बाट ८ वटा विधेयक दर्ता प्रदेश सरकारका उपलब्धि हुन् ।

प्रकाशित मिति: Apr 24, 2018

प्रतिक्रिया दिनुहोस्