Logo
७ बैशाख २०८१, शुक्रबार
(April 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

राजविराज : सप्तरीको कञ्चनरुप नगरपालिका–११ स्थित ठेलियामा हात्तीको आक्रमणबाट मंगबार बिहान एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको जंगली हात्तीको आक्रमणबाट स्थानीयवासी ४५ वर्षीया दुर्गीदेवी यादवको मृत्यु भएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताएका छन् । सो आरक्ष क्षेत्रबाट आएको हात्तीले आफ्नै घरमा सुतिरहेका अवस्थामा यादव माथि आक्रमण गरेको थियो । हात्तीले यादवको घर समेत भत्काएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

केही दिनयता जिल्लाको पूर्वी उत्तरी भेगमा पर्ने सप्तकोशी र कञ्चनरुप नगरपालिका क्षेत्रमा दिनहुँ हात्ती आतंक बढेको भए पनि स्थानीय प्रशासनले नियन्त्रण गर्न नसकेको स्थानीय बासिन्दाको गुनासो छ ।

प्रकाशित मिति: Apr 24, 2018

प्रतिक्रिया दिनुहोस्