Logo
८ बैशाख २०८१, शनिबार
(April 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गुणस्तरीय शिक्षा प्रदान गर्न आग्रह : नेता सिंह

काठमाडौँ : नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधानलाई संस्थागत गर्न सबै दल मिल्नुपर्ने बताएका छन् ।

रत्नराज्य माविको ५७ औँ वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले संघीय गणतन्त्रात्मक र समावेशी संविधानलाई संस्थागत गर्ने बाटामा सत्तामा बसेका र विपक्षी दल एक जुट भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।

सांसद सिंहले रत्नराज्य विद्यालय नमूना विद्यालयका रुपमा अगाडि बढिरहेको बताउँदै अझै गुणस्तरीय शिक्षा प्रदान गर्न आग्रह गरेका छन् । सो अवसरमा उक्त विद्यालयमा पढेर मुलुकका उच्च ओहदामा पुगेका व्यक्तिलाई सम्मान गरिएको थियो । (रासस)

प्रकाशित मिति: Apr 24, 2018

प्रतिक्रिया दिनुहोस्