Logo
११ बैशाख २०८१, मंगलबार
(April 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोखरीमा डुबिरहेको अवस्थामा शव भेटियो

बनेपा : काभ्रे जिल्लाको बनेपा नगरपालिका–८ नेपाल विद्युत् प्राधिकरण चोक नजिकैको पोखरीमा मंगलबार बिहान एक शव फेला परेको छ ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख सुनिलजंग शाहका अनुसार बनेपा नगरपालिका–१ राय गाउँका अन्दाजी ४० ४५ वर्षीय धनबहादुर मिजारको पोखरीमा डुबिरहेको अवस्थामा शव फेला परेको हो ।

शव परीक्षणका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको छ । (रासस)

प्रकाशित मिति: Apr 24, 2018

प्रतिक्रिया दिनुहोस्