Logo
६ बैशाख २०८१, बिहीबार
(April 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कम्पनी दर्तामा यातायात व्यवसायीको चाप बढ्दो, ४ दिनमै ४७ कम्पनीको निवेदन

काठमाडौं : विदेशमा आफू यातायात व्यवस्थापनको काम गरिरहँदा आफ्नो देशमा भने यस क्षेत्रमा रहेको बेथितिले मयूर यातायात जन्माएको मयूर यातायातका अध्यक्ष मोहनबहादुर श्रेष्ठको भनाइ छ । विदेशबाट नेपाल फर्किई २ वर्षको गहन अध्ययनपछि आफू कम्पनी मोडलमा यात्रुवाहक सुविधायुक्त सवारी सञ्चालन गर्न सक्षम भएको उनी बताउँछन् ।

‘विदेशमा रहँदा यहाँ सर्वोच्च अदालतको आदेशको समेत अवहेलना गरी सिण्डिकेटमा गाडी चल्ने गरेको कुराले साह्रै मन पोल्थ्यो,’ उनले भने, ‘देशमा राजनीतिक स्थिरता नआई सम्भव नदेखेकाले तीनै तहको निर्वाचन सकिएपछि काम अघि बढाएको हुँ ।’

आफ्नो काममा प्रमुख तीन राजनीतिक दलको साथ भएकाले पनि आफूलाई काम गर्न सजिलो भएको उनी बताउँछन् । कम्पनीमा तीनै राजनीतिक दलका व्यक्तिका साथै अन्य क्षेत्रका व्यवसायी गरी ३५ भन्दा बढी जिल्लाका मानिसको लगानी रहेको छ । १९ जनाको लगानीबाट शुरू भएको मयूर यातायातको यात्रामा अहिले लगानीकर्ताको सङ्ख्या ३९ पुगेको श्रेष्ठ बताउँछन् ।

करीब १० वर्ष साउदी, कतार, दुबईलगायत मुलुकमा यातायात क्षेत्रको व्यवस्थापनको अनुभवले नेपालमा यसरी काम गर्न सकेको श्रेष्ठको भनाइ छ । ‘कतारको एक कम्पनीमा ५० ओटा गाडी हुँदाको अवस्थाबाट व्यवस्थापन सम्हालेको थिएँ,’ उनी भन्छन्, ‘त्यसको २ वर्षभित्रै गाडी सङ्ख्या ३ सय पुर्‍याएको अनुभवले यहाँ पनि त्यही गतिमा काम गर्नेछु ।’

उपत्यकामा २४ ओटा गाडी सञ्चालन गरिरहेको मयूरले यसै महीनाभित्र थप २३ ओटा गाडी थप्ने तयारी गरिरहेको छ । यसपछि चक्रपथ हुँदै धुलिखेलसम्म पुगेको मयूर यातायात थानकोटसम्म पुग्नेछ । पहिले उपत्यकाको आवश्यकता पूरा गरेपछि उपत्यकाबाहिर पनि गाडी सञ्चालन गर्ने अध्यक्ष श्रेष्ठ बताउँछन् ।

‘अहिले गाडी सञ्चालन गरेका रुटको अवस्था निरीक्षण तथा व्यवस्थापनका लागि दैनिक खटिरहेका छौं,’ उनले भने, ‘यात्राका क्रममा कतिपय स्थानमा बाटोको अवस्थाका कारण साना गाडी चलाउनुपर्ने देखिएको छ ।’ त्यसका लागि केही समयपछि भारतबाट केही साना तर व्यवस्थित गाडी झिकाउने तयारी भइरहेको उनले बताए । हाल मयूर यातायातमा रहेका सीसी क्यामेरा तथा अन्य उपकरणका माध्यमबाट गाडी कहाँ पुग्यो, गति कति छ, तथा गाडीभित्रको अवस्था कस्तो छ आदि कार्यालयबाटै निगरानी गर्ने व्यवस्था गरेको श्रेष्ठले जानकारी दिए ।

समितिअन्तर्गत सञ्चालनमा रहेका गाडी कुनै दुर्घटनामा पर्दा तेस्रो पक्ष बीमाको व्यवस्था पनि रहेको श्रेष्ठले बताए । राजनीतिक दलका व्यक्तिहरूको लगानी भए पनि आफ्नो कम्पनीका गाडीमा राजनीति नहुने उनको दाबी छ । ‘हामीले लगानीकर्तासँग माइन्युटमै हस्ताक्षर गराएर युनियन खोल्न नपाउने तथा बन्दहडताल गर्न नपाउनेजस्ता प्रतिबद्धता गराएका छौं,’ उनले भने, ‘त्यसैगरी गाडी सङ्ख्या ५० छ भने त्यसका लागि आवश्यक कर्मचारी थप २०/३० जना हुनेछन् ।’ त्यसैगरी चालक, सहचालकदेखि कम्पनीमा आबद्ध सबै कर्मचारीलाई ८ महीनापछि स्थायी गरिने पनि उनले बताए ।

कम्पनी दर्तामा यातायात व्यवसायीको चासो बढ्दो

४ दिनमै ४७ कम्पनीको निवेदन

The following two tabs change content below.

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ तथा सोसँग सम्बन्धित यातायात समिति तथा सङ्घहरू आन्दोलनकै क्रममा रहेका बेला कम्पनी रजिष्ट्रारको कार्यालयमा यातायात कम्पनी दर्ता गर्नका लागि निवेदन दिनेको सङ्ख्या ६९ पुगेको छ । यो सङ्ख्या सरकारले सिण्डिकेटविरुद्ध निर्देशिका जारी गरेपछिको मात्रै हो । त्यसमध्ये ७ देखि १० गते चार दिनमा मात्रै यातायात कम्पनी दर्ताका लागि ४७ ओटा निवेदन परेका छन् । तर त्यसभन्दा अघि पनि कम्पनीको रूपमा यातायात सेवा दर्ता भएका छन् ।

कम्पनी रजिष्ट्रार कार्यालयका उपसचिव राजेन्द्र थापाका अनुसार यसभन्दा अघि नै ६ सय ४८ यातायात कम्पनीका रूपमा दर्ता भएका थिए । तर, यातायात क्षेत्रमा सिण्डिकेटले स्थान पाएपछि यस्ता कम्पनी दर्ता हुने सङ्ख्या तुलनात्मक रूपमा कम भएको थियो । सिण्डिकेटविरुद्ध सरकार आक्रामक रूपमा प्रस्तुत भएसँगै अहिले समिति तथा सङ्घबाट स्वीकृत लिने बाध्यता हटेको छ । यसले अदृश्य रूपमा समिति/सङ्घलाई बुझाउनु पर्ने मोटो रकमबाट यातायात क्षेत्रमा प्रवेश हुने नयाँ व्यवसायीलाई फाइदा हुने देखिएको छ ।

उपसचिव थापाले तुलनात्मक रूपमा पछिल्ला दिनहरूमा यातायात व्यवसाय सञ्चालन गर्ने उद्देश्यले कम्पनी दर्ताका लागि निवेदन दिनेको सङ्ख्या उल्लेख्य बढेको बताए । उनले भने, ‘सिण्डिकेटको आन्दोलन नजिकिँदै गर्दा कम्पनी दर्ताका लागि निवेदन दिनेको चाप पनि बढ्दै गएको छ ।’ उनले कम्पनी दर्ताका लागि दिएका निवेदनमा सङ्घ, समिति पनि रहेको भन्दै त्यस प्रकारका समिति तथा सङ्घहरू दर्ता नगरिने बताए ।

यातायात व्यवस्था विभागले यातायात समिति तथा सङ्घहरू कम्पनीको रूपमा दर्ता गरी पञ्जीकरण हुनैपर्ने नीति लागू गरेपछि अहिले यातायात व्यवसायीहरू आन्दोलित छन् । विभागका प्रवक्ता तुलसीराम अर्यालले यातायात सेवा पञ्जीकरणका लागि व्यवसायीको चासो बढ्दै गएको बताए ।

नयाँ कम्पनी दर्ताका लागि निवेदन दिएका मध्यउपत्यका यातायातका एक अधिकारीले सरकारले लागू गरेको नीतिअनुसार कम्पनी दर्ता गरी सेवा प्रवाह गरिने बताए । सुदूरपश्चिम यातायातका एक अधिकारीले अहिले नाम रिजर्भ गरिएको भन्दै कम्पनीमा जाँदा स्वच्छ प्रतिस्पर्धा भई यात्रुहरूले सरल सुविधा पाउन, राज्यलाई कर उपलब्ध गराउनका लागि सहज हुने भएकोले कम्पनी दर्ताका लागि निवेदन दिएको बताए भन्दै अभियानमा लेखिएको छ ।

 

प्रकाशित मिति: Apr 24, 2018

प्रतिक्रिया दिनुहोस्