Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुसलमानका अधिकारलाई संरक्षण गरी राज्यको मूल धारमा ल्याउन सरकार प्रतिबद्ध

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका विभिन्न संघर्षका क्रममा मुसलमान समुदायको उल्लेखनीय भूमिका रहेको बताउनुभएको छ ।

नेकपा (एमाले) निकट मुस्लिम इतेहाद संगठनले सोमबार यहाँ आयोजना गरेको अन्तक्र्रियामा उहाँले मुसलमानका अधिकारलाई संरक्षण गरी राज्यको मूल धारमा ल्याउन सरकार प्रतिबद्ध छ भन्नुभयो । कार्यक्रममा प्रतिनिधिसभाका सांसद कलिला खातुनले सबै समुदायका परम्परासँग जोडिएका सार्वजनिक बिदा कटौती नगर्न सरकारलाई आग्रह गर्नुभयो ।
यसैबीच संगठनको केन्द्रीय समितिको बैठक आजदेखि शुरु भएको छ । मंगलबारसम्म हुने उक्त बैठकमा मुसलमान समुदायका धार्मिक पर्व तथा संस्कृतिसँग सम्बन्धित बिदा तथा सो समुदायको आर्थिक, सामाजिक तथा राजनीतिक सहभागिताका अवस्थालगायत विषयमा छलफल गरिने छ । सरकारले हालै इद, बकर इद र मोहम्मद दिवसमा कटौती गरेको छ । केन्द्रीय कार्यसमितिमा ९१ सदस्य रहेको उक्त संगठनमा करीब २० हजार सदस्य रहेको बताइएको छ ।

प्रकाशित मिति: Apr 23, 2018

प्रतिक्रिया दिनुहोस्