Logo
११ बैशाख २०८१, मंगलबार
(April 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शेयर बजार दोहोरो अंकले लाग्यो ओरालो

काठमाडौँ : शेयर बजार आज दोहोरो अंकले ओरालो लागेको छ । आइतवार ५० अंकले बढेको बजार सोमवार भने २७।६४ बिन्दुले ओरालो लागेर नेप्से परिसूचक एक हजार ४ सय १० बिन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार गर्ने सेन्सेटिभ परिसूचकसमेत ६.०७ बिन्दुले ओरालो लागेर २९८.०४ बिन्दुमा झरेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार आज कूल १७० कम्पनीको ३१ लाख १४ हजार ६१८ कित्ता शेयर रु एक अर्ब ५१ करोड ९९ लाख ४२ हजार ८१५ मूल्यमा कारोवार भएको हो । स्टकका अनुसार सबै परिसूचक ओरालो लाग्दा बजार प्रभावित भएको हो ।

सोमवार बैंकिङ २५.१६, व्यापार ५.९९, होटल ७८.७८, विकास बैंक ३१.५४, जलविद्युत् ५४.७३, फाइनान्स ९.५९, बीमा ८८.४४, उत्पादन २९.०८, अन्य १६.७७ र माइक्रोफाइनान्स समूह ३०.७८ बिन्दुले ओरालो लागेको छ । रासस

प्रकाशित मिति: Apr 23, 2018

प्रतिक्रिया दिनुहोस्