Logo
१३ बैशाख २०८१, बिहीबार
(April 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति भण्डारीद्धारा शुपतिनाथमा पञ्चामृत स्नानसहितको विशेष पूजा

काठमाडौँ : दोस्रो पटक राष्ट्रपति पदमा निर्वाचित भएपछि विद्यादेवी भण्डारीले पशुपतिनाथ र वासुकी मन्दिरमा पञ्चामृत स्नानसहित विशेष पूजा गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले सोमबार पारेर पशुपतिनाथ मन्दिरमा रु पाँच हजार १०० को रसिद काटी विशेष पूजा गरेकी पशुपति क्षेत्र विकास कोषले जनाएको छ । उनले पशुपति दर्शन विधि अनुसार मूल मन्दिर परिक्रमा गरी कामु मूल भट्ट रामकारन्त भट्टबाट विशेष पूजा गरेकी छिन् । मन्दिरमा पूजा आजापछि राष्ट्रपति भण्डारी कोषको कार्यालय गई पशुपति क्षेत्रमा सञ्चालित राष्ट्रिय गौरवको आयोजना, भूकम्पपछिको पुनःनिर्माण लगायत गतिविधिका बारेमा जानकारी लिएको कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले जानकारी दिएका छन् ।

कोषका पदाधिकारीसँग कुरा गर्दै उनले विश्वका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई अझ व्यवस्थित बनाउन र पशुपति क्षेत्रको खाली जग्गामा धार्मिक प्रजातिका वृक्ष रोपण गर्न सुझाव दिए । सो अवसरमा राष्ट्रपति भण्डारीलाई कोषका सदस्य सचिव डा प्रदीप ढकालले पशुपति क्षेत्रमा भइरहेका गतिविधिका बारेमा जानकारी गराए ।

भण्डारी पहिलो पटक राष्ट्रपति निर्वाचित भएपछि पनि पशुपतिनाथ र वासुकी मन्दिरमा विशेष पूजा गरेकी थिईन। त्यसबेला उनले पहिलो महिनाको तलब पशुपतिनाथलाई अर्पण गरेको घोषणा गरेकी थिईन । (रासस)

प्रकाशित मिति: Apr 23, 2018

प्रतिक्रिया दिनुहोस्