Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दिल्लीको कोठीबाट तीन नेपाली बालिकाको उद्धार

नेपालगन्ज : भारतको नयाँ दिल्लीको जिबी रोडस्थित दुईवटा कोठीबाट तीन नेपाली बालिकाको उद्धार गरिएको छ ।माइती नेपालको आग्रहमा भारतीय प्रहरीले जिबी रोडको कोठीमा छापा मारेर ती बालिकाको उद्धार गरेको हो ।

नेपालबाट माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाको नेतृत्वको टोलीले दिल्ली प्रहरीको सहयोगमा कोठीमा गत वैशाख ४ गते छापा मारेको थियो । ती कोठीमा करिब ६०/७० नेपाली बालिका र किशोरी रहेको सूचनाका आधारमा छापा मारिएको थियो ।

“छापा मारिँदैछ भन्ने सूचना पाएपछि कोठीका सञ्चालकले अन्य बालिकालाई लुकाएको पाइयो” : संयोजक कोइरालाले भन्नुभयो ।

उद्धार गरिएका बालिकालाई अहिले नयाँ दिल्लीस्थित नारी निकेतनमा राखिएको छ । आवश्यक कानूनी प्रक्रिया सकिएपछि कोठीबाट उद्धार गरिएका बालिकालाई नेपाल ल्याइने उहाँले बताउनुभयो । गएराति नेपालगन्ज फर्केको कोइराला नेतृत्वको टोलीले आईतबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी सो घटनाबारे जानकारी गराएको हो । (रासस)

प्रकाशित मिति: Apr 22, 2018

प्रतिक्रिया दिनुहोस्