Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख्यमन्त्रीद्धारा सरकारका नीति तथा कार्यक्रम प्रदेश प्रमुख खनाल समक्ष पेश

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारका नीति तथा कार्यक्रम प्रदेश प्रमुख दुर्गाकेशर खनाल समक्ष आईतबार पेश गरेका छन् ।

बिहान ११ः३० बजे प्रदेश प्रमुखको कार्यालयमा सरकारको नीति तथा कार्यक्रम पेश गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले जानकारी दिएका छन् । मन्त्रिपरिषद् बैठकद्वारा स्वीकृत नीति तथा कार्यक्रम प्रदेश प्रमुखले प्रदेशसभामा पेश गर्ने संवैधानिक व्यवस्था छ ।

कर्णाली प्रदेश सरकारको शनिबार सम्पन्न मन्त्रिपरिषद् बैठकले चालू आर्थिक वर्ष २०७४/७५का लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको थियो । कर्णाली प्रदेशसभाको आजै बस्ने बैठकमा प्रदेश प्रमुखले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ । (रासस)

प्रकाशित मिति: Apr 22, 2018

प्रतिक्रिया दिनुहोस्