Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छालाको दाग र चाउरीपनबाट छुट्कारा पाउन अपनाउनुस् यस्ता अचुक घरेलु उपाय

मानिसहरु आकर्षक छाला बनाउने रहरले विभिन्न महङ्गा उपचार तथा सौन्दर्य प्रशाधनहरुको प्रयोग गर्ने गर्दछन् । तर यसले चाहेजस्तो परिणाम पक्कै पनि दिन सक्दैन । तर हामी तपाइँलाई यस्तो चमत्कारिक उपायको बारेमा जानकारी दिन्छौं । जस्ले तपाइँको छालामा भएको दाग, चाउरीपनलाई छिटै हटाइ छालालाई नरम, सफा र चमकदार बनाउँदछ । यो धेरै नै सरल प्राकृतिक उपचार हो । यस फेसमास्कलाई बनाउन धेरै समय पनि लाग्दैन । त्यसैले फेसमास्कलाई छिटै तयार गरी छालाको दाग, घाउ, खटिरा तथा चाउरीपनाबाट छुट्कारा पाउन सक्नुहुन्छ ।

आवश्यक सामाग्रीहरु
१. १ चम्चा दालचीनीको धुलो
२. १ चम्चा कागतीको रस
३. १ चम्चा जाइफल
४. १ चम्चा मह

बनाउने विधि
एउटा कचौरामा माथिका सबै सामाग्रीहरुलाई मिसाई बाक्लो मिश्रण बनाउनुहोस् । यदि तपाइँको छाला संवेदनशील छ भने, अलि बढि महलाई मिसाउन सक्नुहुन्छ । महले तपाइँको छालालाई सुनिनबाट बचाउँदछ । तर रोसासिया (छाला रातो हुने रोग) भएका मानिसहरुले भने यसको प्रयोग सकेसम्म नगर्नुहोस् । किनकी यसले रक्तनलीलाई झन फराकिलो पार्न सक्दछ । केहि मानिसहरु यसको सट्टामा कमेरो (व्हाइट क्ले) को प्रयोग गर्ने गर्दछन् । यदि मिश्रण धेरै नै बाक्लो भएमा थोरै पानी मिसाउन सक्नुहुन्छ ।

यस फेसमास्कलाई लगाउन भन्दा पहिला आफ्नो मुख साबुनपानीले राम्ररी धुनुहोस् । त्यसपछि तपाइँलाई मनपर्ने मोइस्चराइजरलाई लगाउनुहोस् । यसपछि फेसमास्कलाई छालाको दाग, चाउरी भएको ठाउँमा लगाउनुहोस् । यसलाई लगाउनाले तपाइँलाई घोचेको वा चिल्लाएको महशुश भएमा पनि नडराउनुहोस् । यसले झन फेसमास्कले असर गरेको कुरालाई सङ्केत गर्दछ । यस विधिलाई हरेक दिन अपनाउनुहोस् । त्यसपछि तपाइँको छाला छोटो समयमा नै चम्किलो, सफा र नरम बन्नेछ ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति: Apr 22, 2018

प्रतिक्रिया दिनुहोस्