Logo
१५ चैत्र २०८०, बिहीबार
(April 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेसँग पार्टी एकताको विषयमा छलफल गर्न माओवादीको बैठक

काठमाडौं, ९ वैशाख : नेकपा एमालेसँग पार्टी एकताको विषयमा छलफल गर्न माओवादी केन्द्रीय कार्यालय समितिको बैठक बसीरहेको छ । आज दुई दलका शीर्ष नेताले एउटै मञ्चबाट एकताको सन्देश दिनुअघि माओवादी आन्तरिक छलफलमा जुटेको हो । दुई पार्टीबीच नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको दिन अर्थात आज एकता घोषणा गर्ने तयारी थियो तर, केही प्राविधिक विषयमा कुरा नमिलेपछि एकता घोषणाको अर्को मिति निश्चित भएको छैन ।

प्रचण्ड निवास खुमलटारमा जारी बैठकमा अध्यक्ष प्रचण्डले एकतामा हालसम्म भएको प्रगतिबारे जानकारी गराउने छन् ।यसबाट एकता हुने कि नहुने भन्ने अन्योल बढिरहेका बेला प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली तथा माओवादी अध्यक्ष प्रचण्डले एउटै मन्चबाट छिट्टै एकता घोषणा हुने सन्देश दिँदैछन् ।

उनले आइतबारको केन्द्रीय कार्यालयको बैठक पनि एकता गर्ने विषयमा नै केन्द्रित हुने बताइएको छ । चुनाव चिह्न, जनयुद्ध शब्द र केन्द्रीय समितिमा रहने सदस्य संख्याको विषयमा एमाले र माओवादीबीच कुरा मिलेको छैन । ओली र प्रचण्डबीच हुँदै आएका छलफलले पनि निष्कर्ष निकाल्न सकेको छैन ।

प्रकाशित मिति: Apr 22, 2018

प्रतिक्रिया दिनुहोस्