Logo
१६ आश्विन २०७९, आईतबार
(April 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिन्डिकेट खारेज निर्णयको स्वागत : अन्य विभिन्न सिन्डिकेट खारेज गर्न महासंघको माग

काठमाडौँ, ८ वैशाख : नेपाल राष्ट्रिय व्यवसायी महासंघले सरकारले यातायात क्षेत्रमा लगाउँदै आएको सिन्डिकेट खारेज गर्ने निर्णयको स्वागत गरेको छ । महासंघका अध्यक्ष नरेश कटुवालले आज एक विज्ञप्ति जारी गरी यातायात व्यवसायमा मात्र नभएर उद्योग, भन्सारलगायतका क्षेत्रमा भएको सिन्डिकेटसमेत खारेज गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

“आर्थिक उदारीकरण प्रारम्भ भएको दुई दशकभन्दा बढी समय व्यतित भइसकेको, खुलाबजार नीति अवलम्बन गरेको मुलुकका लागि सिन्डिकेट, कार्टेलिङ र आलोपालो प्रथा कुनै पनि हालतमा जायज र सान्दर्भिक छैन भन्ने हाम्रो ठहर छ”, विज्ञप्तिमा भनिएको छ ।

विगतको राजनीतिक तरलताको फाइदा उठाउँदै भएको सिन्डिकेटको खारेजीमा सघाउन आम समुदायलाई महासंघले अपिलसमेत गरेको छ । महासंघले सरकारको निर्णयको विरोधमा यातायात व्यवसायीले गरेको आन्दोलनका कार्यक्रम तत्काल फिर्ता लिन आग्रहसमेत गरेको छ ।

प्रकाशित मिति: Apr 21, 2018

प्रतिक्रिया दिनुहोस्