Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

६ सदस्यीय मोर्चाको औचित्य नदेखेर नयाँ पार्टी गठन गरेका हौँ : अशोककुमार यादव

राष्ट्रिय जनता पार्टी नेपालका कयौं उपाध्यक्षहरु मध्ये एक जना उपाध्यक्ष अशोककुमार यादवले पार्टी नै फुटाएर आफ्नै नेतृत्वमा नयाँ पार्टी गठन भएको घोषणा गरेका छन् । उक्त पार्टीको महाधिवेशन नहुन्जेलसम्मको लागि ११ सदस्यीय तदर्थ समिति गठन भएको छ । केहि पदाधिकारी र केन्द्रीय सदस्यहरुले राजपाबाट अलग्गिएर राष्ट्रिय जनता पार्टी लोकतान्त्रिक घोषणा गरेका हुन् ।  नयाँ पार्टीको आवश्यक्ता किन पर्यो भनेर रघुनाथ बजगाँईले उनै राजपा लोकतान्त्रिकका संयोजक यादवसंग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएकाे छ ।

राजपा फुटाउनु भो किँन ?

हर्नेस, ०६२-६३ को मधेश आन्दोलनमा ६३ जनाले सहादत प्राप्त गरे । मधेश आन्दोलनमा निर्दोष मधेशी जनताले ज्यान गुमाए, तर यसको फाईदा र उपलब्धि भनेको अहिलेको राजपा नेपालका अध्यक्ष मण्डलका ६ जना र उनीहरुका परिवारलेमात्रै सुविधा लिन तल्लनी भए, संविधान संशोधनको विषयमा उनीहरुले कुनै भूमिका खेलेनन्।’ नातावाद र कृपाबाद हावी भो । राजपा नेपाल पार्टीका रुपमा समेत जनतामा जान सकेन । ६ अध्यक्ष ठेकेदार भए झै गरि मोर्चाबन्दीमा लागे । आफुले खाए जनतालाई भुलाए । गरेका बाचा पुरा गर्नेतिर भन्दा पनि आफ्ना मान्छेलाई कसरी व्यवस्थापन गर्ने भन्नेतिर लागेर जनतालाई धोका दिए । अब ती धोकेबाजहरुको ६ सदस्यीय मोर्चाको औचित्य नदेखेर नयाँ पार्टी गठन गरेका हौँ ।

अब राजपा नेपालबाट राष्ट्रियतामाथी नै यो पाराले खरता हुने देखेर हामीहरु छुट्टिएका हौँ । राजपा नेपाल पुरै असफल भैसक्यो । अब त्यो फेरी उठेर राष्ट्रिय राजनीतिमा आउला भन्न सकिन्न । राजपा नेपाल क्षेत्रिय पार्टीबाट कहिल्यै माथी उठ्न नसक्ने हाम्रो निश्कर्ष हो । समावेशीको कुरा गर्ने राजपा नेपाल भित्र हामीले धेरै प्रयास गर्दा पनि समावेशीको सिद्धान्त लागु गर्न सकेनौँ । यहि भएर हामीले हिमाल, पहाड सबैलाई मिलाएर राष्ट्रिय पार्टी बनाउने र उत्पिडनमा परेका जनताको मुद्धा संवोधन गर्ने उदेश्य राखेर यो कदम चालेका हौँ ।

भनेपछि एक वर्षको अवधिमा राजपा नेपालले सफलताभन्दा बढी असफलता हात पार्यो ?

कुनै प्रकारले जनताको जनजीविकाको सवालमा काम गर्न सकेन । अहिले मधेसी जनताको इच्छा र आकांक्षा भनेको आर्थिक समृद्धि नै हो । त्यसका लागि के गर्न सकिन्छ भन्ने तिर नलागेर जनताको म्यान्डेड नहुँदा नहुँदै पनि एउटा-दुइटा मन्त्री खानका लागि सरकारमा जान पाए हुन्थ्यो जस्तो गरिरहेको छ । सत्तारुढ दलहरुले सरकारमा आउ भनेकै छैन । कति वटा मन्त्रालय दिने भनेर प्रस्ताव लगिरहेको सुनिन्छ । यस्तो पनि हुन्छ ! यो त सरासर मधेसलाई धोका दिएको भएन र ?

छ जनाकैबीचमा राम्रो समन्वय भएको छैन् भने हामीहरुसंग के छलफल हुन्थे । जसलाई जे मन लाग्यो त्यहि बोलेको छ । जसलाई जे मन लाग्यो त्यहि निर्णय गरेको छ । गएका निर्वाचनमा उम्मेदवार उठाउँदै त्यस्तै, पछि त राम्रो होला कि भन्यो छैन् । अब राजपा नेपालबाट राष्ट्रियतामाथी नै यो पाराले खरता हुने देखेर हामीहरु छुट्टिएका हौँ । राजपा नेपाल पुरै असफल भैसक्यो । अब त्यो फेरी उठेर राष्ट्रिय राजनीतिमा आउला भन्न सकिन्न । त्यसभित्र रहेका इमानदार नेताहरु असन्तुष्टी पालिरहेका छन् । तिनलाई समेत समेटेर हामी अगाडि बढ्दै छौँ ।

असन्तुष्टीका कुण्ठा बोकेर आफ्नै नेतृत्वमा पार्टी गठन गरिसक्नुभयो, तपाँईका नेता,कार्यक्रता र जनताले यस्तै गुनसा गरे भने नी ?

यसैका निम्ति त हामीले नयाँ संघर्षको बाटो तय गर्नु परेको हो । हामी जनताप्रति इमानदार रहन्छौँ । लोकतान्त्रिक पद्धतीलाई अवलम्बन गर्छौ । जनताका धेरै इक्षा र आकाक्षाहरु छन् त्यसको संवोधनका लागि निरन्तर प्रयत्न गर्छाैँ । त्यो भन्दा पहिले नेपालको संविधान मधेसी र आदीवासी जनजाती लगायतका पछाडि परेका समुदाय र बर्गको हितमा पुर्णत छैन् यसलाई संसोधन गर्नका लागि दवाव दिन्छौ ।

हामी कुनै क्षेत्रिय मुद्धा बोकेर हिड्ने पक्षमा छैनौँ । हिमाल, पहाड, तराई सबै क्षेत्रका उत्पिडित वर्गलाई समेटेर अगाडी बढ्ने प्रण गरेको हुनाले त्यस्तो खालको गुनासो आउँदेनन । आएका गुनासो र असन्तुष्टीलाई गहन रुपमा लिएर हल गरिन्छ । यो अवस्था त राजपा नेपालमा भएन नी । हामी गलतलाई गलत र सहिलाई सहि भन्ने पक्षमा रहन्छौँ ।

अब राजपा लोकतान्त्रिको गन्तव्य के हो त ?

तत्काल हामी जनताका जेनुन मुद्धाहरुलाई उठाएर शान्तिपुर्ण दवाव आन्दोलनकै रुपमा देशव्यापी अभियानमा जान्छौँ । संगसंगै नयाँ पार्टीको आवश्यक्ता र औचित्यबारे जनतालाई जानकारी गराउँदै संगठन विस्तार गछौँ । हाम्रो संगठन देशभर भैसकेपछि एकैपटक केन्द्र सरकारलाई दवाव दिएर सबैभन्दा पहिले संविधान संसोधनका लागि वातावरण तय गछौ । अन्तत हाम्रो लक्ष्य भनेको राष्ट्रिय दल बनाएर नेपालको मौलिकपन अनुसारको समाजवादमा जानु नै हो ।

प्रकाशित मिति: Apr 21, 2018

प्रतिक्रिया दिनुहोस्