Logo
१३ बैशाख २०८१, बिहीबार
(April 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिरामीले नबुझ्ने प्रेस्क्रिप्सन लेख्ने डाक्टरलाई जेलसम्मको कारवाही

काठमाडौँ, ७ बैशाख : चिकित्सक र स्वास्थ्यकर्मीले बिरामीले नबुझ्ने प्रेस्क्रिप्सन लेख्न नपाउने भएका छन् । नेपाल मेडिकल काउन्सिलले नबुझिने गरी प्रेसक्रिप्सन लेख्ने चिकित्सक र स्वास्थ्यकर्मीलाई कारवाही गर्ने जनाएको छ ।मेडिकल काउन्सिल, नर्सिङ काउन्सिल, नेपाल स्वास्थ्य परिषद र औषधि व्यवस्था विभागको संयुक्त बैठकपछि डाक्टरहरुलाई सूचना निकालिएको हो ।

काउन्सिलले शुक्रबार सार्वजनिक सूचना नै प्रकाशित गरेर विरामीले नबुझ्ने गरी प्रेस्क्रिप्सन लेख्ने डाक्टरमाथि कारबाही चलाउने जनाएको हो । मेडिकल काउन्सिलले निकालेको सुचनामा आचारसंहिता पुर्णरुप पालना गर्न गराउने निर्देश जारी गरिएको छ । मेडिकल काउन्सिलले जारी गरेको सूचनामा औषधिको नाम, औषधि सेवन गर्नुपर्ने समय तथा अवधि राम्रोसँग बुझिने भाषा र अक्षरमा छापेर वा लेखेर दिनुपर्ने उल्लेख गरिएको छ ।

सुचनामा प्रेस्क्रिप्सन लेख्दा चिकित्सक वा अधिकार प्राप्त स्वास्थ्यकर्मीको आफ्नै पहिचान खुल्ने नाम, थर तथा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाणपत्र नम्बरसमेत स्पष्टरुपमा खुल्ने गरी लेख्नुपर्ने उल्लेख गरिएको छ । सम्बन्धित विषयका विज्ञ चिकित्सक वा स्वास्थ्यकर्मीले अन्य फरक विधाको औषधिको प्रेस्क्रिप्सन लेख्नु गैरकानुनी हुने कुरा समेत सूचनामा जनाइएको छ ।

सूचना :

 

 

 

प्रकाशित मिति: Apr 20, 2018

प्रतिक्रिया दिनुहोस्