Logo
७ बैशाख २०८१, शुक्रबार
(April 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शनिबार र आइतबार शक्तिशाली सामुद्रिक छाल आउने संभावना, हाई अर्लट जारी

नयाँदिल्ली: भारतको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले सामुद्रिक छाल आउने सम्भावना भएकाले सतर्क हुन चेतावनी दिएका छन् । छालसम्वन्धी पूर्वानुमान गर्ने निकायले अति शक्तिशाली सामुद्रिक छाल आउने बलियो संकेत देखिएकाले सतर्क हुन आह्वान गरेको जनाइएको छ ।

सामुद्रिक किनारा भएका देशभरका सवै ठाउँका स्थानीय वासिन्दाले सतर्कता अपनाउनु पर्ने अधिकारीको भनाइ रहेको छ ।
भारतको पश्चिमी सामुद्रिक किनारामा शनिबार बिहान र बंगालको खाडी क्षेत्रमा आइतबार सामुद्रिक छाल आउने सम्ंभावना देखिएको छ । आउँदो मंगलबार पनि सामुद्रिक छाल आउने संभावना उत्तिकै रहेको अधिकारीले बताएका छन् ।
सामुद्रिक छालबाट विषेश गरेर भारतको लक्ष्यद्विप, दक्षिणी तमिलनाडु, बंगालको खाडी र केरलालगायतका क्षेत्र बढी प्रभावित हुने छ । सामुद्रिक छालबाट प्रभावित हुनसक्ने क्षेत्रका मानिसलाई यसअवधिमा त्यहाँबाट अन्यत्र सुरक्षित ठाउँमा जान सल्लाह प्राधिकरणका अधिकारीले दिएका छन् । यसका साथै, दक्षिण कर्नाटक र उत्तर तमिल नाडुमा भीषण वर्षा हुने अनुमान पनि गरीएको छ ।

प्रकाशित मिति: Apr 20, 2018

प्रतिक्रिया दिनुहोस्