Logo
२१ आश्विन २०७९, शुक्रबार
(April 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कपाल फुल्ने समस्याबाट छुटकारा पाउन अपनाउनुस् यस्ता घरेलु उपचार

तपाईको यदि उमेर नपगि युवा अवस्थामै कपाल फुल्ने समस्या देखिएको छ भने अब त्यसलाई घरमै उपचार गर्न सकिन्छ । मानिसको पर्सनालिटीसँग जोडिएको महत्वपूर्ण अंग कपाल हो । युवा उमेरमै कपाल फुल्ने समस्याबाट छुटकारा पाउन यी सजिला घरेलु उपाय अपनाउनुस् ।

  • कपाल फुल्ने समस्याको उपचारका लागि अमला एक उत्तम उपाय हो । नरिवलको तेलमा सुकेको अमलाका केही टुक्रा मिसाएर आगोमा उमाल्नुस् । र तेल चिसिएपछि त्यसलाई आफ्नो कपाल र टाउको लगाउनुस् । तेलले मालिस गर्नुस् । र कपाल धुनुभन्दा पहिला कम भन्दा कम एक घण्टा अथवा रातभरी छोडिदिनुस् । यो प्रक्रियामा हप्तामा एक पटक वा दुईपटक सम्म गर्नुस् ।
  • नरिवलको तेलको दोस्रो कागतीको रससँग गर्नुस् । कागतीको रस मिसाएर नरिवलको तेलले आफ्नो कपाल र टाउकोमा मालिस गर्नुस् । टाउको तेल लगाएको करिब एक घण्टापछि आफ्नो कपाललाई धुनुस् । नरिवलको तेलले फुलेको कपाल रोक्न मद्दत गर्छ ।
  • –प्याजको रस पनि कपाल फुल्ने समस्याबाट छुटकारा दिने महत्वपूर्ण बस्तु हो । कपाल झर्न, र तालुखुइले हुनबाट रोक्न मद्दत गर्छ । एउटा काँचको कचौरामा प्याज र कागतीको रस मिलाउनुस् । आफ्नो कपाल र टाउकोमा मालिस गर्नुस् । ३० मिनेटपछि एक हल्का हर्बल स्याम्पूले धुनुस् । यद्यपी प्याजको रस चिसो हुन्छ त्यसकारण यसको प्रयोग गर्मी मौसममा गर्दा ठिक हुन्छ ।
  •  बदामको तेल, कागतीको रस र अमलाको रसलाई बराबर मात्रामा मिलाउनुस् । कपाल फुल्ने तथा सेता रौ भएकाहरुको समस्याको उपचार गर्नका लागि यो मिश्रण तेलले आफ्नो कपाललाई मालिस गर्नुस् यसले तपाईको कपाल विस्तारै विस्तारै कालो चमकदार हुनेछ ।
  •  कपाल कालो गर्नमा महेन्दी नामक विरुवाको पातको प्रयोग पनि महत्वपूर्ण मानिन्छ । एक मुठ्ठी महेन्दीका पातलाई पिसेर लेदो बनाउनुस् । यसको लेदोमा तीन चम्चा अमला पाउडर, एक चम्चा दही मिलाएर आफ्नो कपालमा समान रुपमा लगाउनुस् । सुकेपछि धुनुस् ।
  •  नरिवलको तेलमा करी९एकप्रकारको जडीबुटी०को पातलाई मिसाएर कालो हुँदासम्म उमाल्नुस् । चिसिएपछि यसलाई आफ्नो टाउको र कपालमा मालिस गर्नुस् । र ४५ मिनेटपछि मात्रै कपाल धुनुस् ।
  •  कालो तिल वा तिलको तेल कपाल फुल्ने समस्याबाट छुटकारा दिने सबैभन्दा प्रभावकारी उपचार हो । हरेक दिन एक चम्मच कालो तिलको बिउलाई कम्पतिमा पनि तीन महिनासम्म सेवन गर्नुस् । आफ्नो कपालमा तिलको तेलले मालिस गर्नुस् । फइदा हुनेछ ।
  • कालो चियाले कपाललाई कालो बनाउनुका साथै नरम र चमकदार बनाउँछ । एक कप पानीमा दुई चम्चा चियापत्ति मिसाएर उमाल्नुस् । त्यसमा एक चम्चा नुन पनि मिसाउनुस् । चिसिएपछि छान्नीमा छानेर त्यो कालो पानीले आफ्नो कपाल र टाउकोमा मालिस गर्नुस् र एक घण्टापछि चिसो पानीले धुनुस् ।
  • लौकाको रसमा जैतुनको तेल वा तिलको तेल मिसाएर आफ्नो टाउको र कपालमा मालिस गर्नुस् । चौलाई ९एक प्रकारको हरियो सब्जी०को ताजा रसले कपालको प्राकृतिक रंग बनाउने, कपाल झर्न रोक्ने र कपाल फुल्न रोक्नेमा मद्दत गर्छ
  • लौकाको तेल अथवा भृंगराज (एक प्रकारको जडीबुटी)को तेल सेतो कपालको उपचारका अर्को उत्तम उपाय हो ।

-एजेन्सीको सहयोगमा 

प्रकाशित मिति: Apr 20, 2018

प्रतिक्रिया दिनुहोस्