Logo
१५ चैत्र २०८०, बिहीबार
(April 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१४ घण्टा पछि सुचारु भयो अन्तराष्ट्रिय उडान

काठमाडौँ : मलेशियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको धावन मार्गमै धसिएर बन्द भएको अन्तर्रा्ष्ट्रिय उडान शुक्रबार मध्याह्नबाट सुरु भएको छ । विमान दुर्घटना भएको १४ घण्टा पछि पुनः अन्तराष्ट्रिय उडान शुरु भएको हो ।

हिजो राति दुर्घटनामा परेको जहाजलाई तानेर त्यहाँबाट हटाएपछि अन्तर्रा्ष्ट्रिय उडान सञ्चालन भएको विमानस्थलका महाप्रबन्धक सञ्जिव गौतमले जानकारी दिए । मालिन्दो एयरको जहाज मलेसिया उडान भर्ने क्रममा बिहीबार राति १० बजेर ७ मिनेटमा धावनमार्गबाट अनियन्त्रित भएर करिव ४० मिटरसम्म कोटेश्वरखण्डको घाँसे मैदानमा पुगेकाले सबै अन्तर्रा्ष्ट्रिय उडान बन्द भएको थियो । अन्तर्रा्ट्रिय उडान शुरु भएसँगै पहिलो प्राथमिकता हिजो राति अन्यत्र मोडिएका विमानलाई अवतरण गराइने विमानस्थलले जनाएको छ ।

प्रकाशित मिति: Apr 20, 2018

प्रतिक्रिया दिनुहोस्