Logo
१५ चैत्र २०८०, बिहीबार
(April 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुई तले घरको छतबाट खसेर एक जनाको मृत्यु

दमक : घरको छतबाट खसेर झापा दमकमा एक महिलाको शुक्रबार मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाँचथर फिदिम नगरपालिका–२ गोलाटार घर भई हाल दमक नगरपालिका– ७ मा डेरा गरी बस्ने २७ वर्षीया सुनमाला तामाङ (गुरुङ) रहेकी छिन् । श्रीमान् कुमार गुरुङसँगै दुई तले छतमाथि सुतेकी कमला राति उठेर तल झर्न खोज्दा माथिबाट खसेकी थिईन् ।

घरको छतबाट खसेर गम्भीर घाइते भएकी कमलाको उपचारका क्रममा शुक्रबार बिहान दमकस्थित लाइफलाइन अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । यस घटनाबारे प्रहरी अनुसन्धान शुरु गरिएको प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताएका छन् ।

प्रकाशित मिति: Apr 20, 2018

प्रतिक्रिया दिनुहोस्