Logo
१३ बैशाख २०८१, बिहीबार
(April 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फसेको विमानलाई दुर्घटनास्थलबाट हटाइयो, अन्तर्राष्ट्रिय उडान-अवतरण सुरु 

काठमाडौं, ७ वैशाख : त्रिभुवन विमानस्थलको घाँसे मैदानमा फसेको मालिन्दो एयरको विमानलाई १२ घण्टापछि दुर्घटनास्थलबाट हटाइएको छ ।

विहीबार राति काठमाडौंबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको मालिन्दो एयरको जहाज रनवेबाट चिप्लिएर चौरमा पुगेको थियो ।

घाँसे मैदानमा भासिएपछि गएरातिबाट नै उडान अवतरण ठप्प भएको थियो । रन वेबाट चिप्लिएर चौरमा पुगे पनि मानवीय क्षति भने भएको छैन । सबै १३९ यात्रु सकुशल रहेका छन् ।

लामो समयको प्रयासपछि तानेर रेनवे बाहिर फसेको विमानलाई हटाइएको विमानस्थल प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए । उनका अनुसार साढे ११ बजेबाट विमानस्थलमा अन्तर्राष्ट्रिय उडान-अवतरण सुरु हुनेछ ।

विमानस्थल प्रमुख क्षेत्रीका अनुसार विमानलाई ‘पुस ब्याक’ लगाएर हटाइएको हो । विमानलाई रनवेमा ल्याएर पूर्वतर्फको पार्किङ एरियामा लगिएको छ ।

 

प्रकाशित मिति: Apr 20, 2018

प्रतिक्रिया दिनुहोस्