Logo
१२ बैशाख २०८१, बुधबार
(April 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विराटनगरमा भ्यानको ठक्करबाट एक जनाको मृत्यु

विराटनगर : विराटनगर स्थित कोशी राजमार्गमा भ्यानको ठक्करबाट बिहीबार बेलुकी ८ बजे एक जनाको मृत्यु भएको छ । को १ च ८६१५ नम्बरको भ्यानले ठक्कर दिएपछि गम्भीर घाइते भएका विराटनगर–४ बस्ने ६५ वर्षीय विष्णुबहादुर कार्कीको मृत्यु भएको १ नं प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सो भ्यान प्रहरी नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको छ ।

प्रकाशित मिति: Apr 20, 2018

प्रतिक्रिया दिनुहोस्