Logo
७ बैशाख २०८१, शुक्रबार
(April 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसका कार्यकर्तालाई देउवाको निर्देशन : ‘कम्युनिष्ट शासन विरुद्ध लड्न तयार हुनुस्’

काठमाडौं, ६ वैशाख : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसारमा असफल भइसकेको कम्युनिष्ट शासन नेपालमा ल्याउने कोसिस भइरहेको बताएका छन् । तर, कम्युनिष्ट शासन ल्याउन सजिलो नभएको उनले बताए ।

नेपाल बिद्यार्थी संघले स्थापना दिवसको अवसर पारेर आयोजना गरेको कार्यक्रममा कांग्रेस सभापति देउवाले सबैतिर हस्तक्षेप गरेको भन्दै सरकारको आलोचना गरे । प्रजातन्त्र र हुदलीय व्यवस्थामाथि खतरा उत्त्पन्न भन्दै उनले भने, ‘सारा कुरामा हस्तक्षेप गर्ने उद्देश्य बोकेको छ, त्यसविरुद्ध लड्न तयार हुनुपर्छ ।’

कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले पार्टीका सबै गुट अन्त्य गर्नु पर्नेमा जोड दिएका छन् । यसमा मात्र वाम एकताका कारण आएको चुनौती सामना गर्न सक्ने उनले बताए ।

 

प्रकाशित मिति: Apr 19, 2018

प्रतिक्रिया दिनुहोस्