Logo
१२ बैशाख २०८१, बुधबार
(April 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मकवानपुर : अवैध हतियासहित मोक्तान पक्राउ

हेटौँडा : मकवानपुरको हेटौँडा–३ लेवटबाट अवैध हतियासहित प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय ३५ वर्षीय जोकर मोक्तान रहेका छन् । कटुवा पेस्तोल तीन थान, सोको गोली ११ थान, ३०३ राइफलको गोली एक थान, सुतली बम एक थान र नेपाल प्रहरीको पोशाक एक थानसहित प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पूर्व–पश्चिम राजमार्गमा म्याजिक भ्यानबाट ओर्लिएर चार जना भाग्दै गरेको अवस्थामा देखेपछि शंका लागेर प्रहरी सहायक निरीक्षक विगबहादुर तामाङको टोलीले पिछा गर्दै जाँदा उनलाई पक्राउ गर्न सफल भएको हो । अन्य तीन जना भने भाग्न सफल भएका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मोक्तानलाई हातहतियार तथा खरखजाना ऐन, २०१९ बमोजिम जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित मिति: Apr 19, 2018

प्रतिक्रिया दिनुहोस्