Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वीर अस्पतालमा थाइराइड क्यान्सर पत्ता लगाउने नयाँ प्रविधि

काठमाडौँ : वीर अस्पतालमा थाइराइड क्यान्सर पत्ता लगाउने नयाँ प्रविधि भित्र्याइएको छ । ‘हेल्थ केयर सोलुसन’ का निर्देशक रेमन्तप्रसाद भट्टले बिहिबार वीर अस्पतालका निर्देशक प्रा डा भूपेन्द्रकुमार बस्नेतलाई सो प्रविधि हस्तान्तरण गरेका छन् ।

प्राप्त प्रविधि थाइराइड क्यान्सर पत्ता लगाउन प्रभावकारी हुने अस्पतालका निर्देशक बस्नेतले बताए । सो सफ्टवेयर अनुसन्धानमा प्रयोग गरिने उनले बताए । ‘एम्क्याड–भिटी’ सफ्टवेयरका माध्यमबाट थाइराइडका स–साना ट्युमरसमेत पत्ता लगाउन सकिने, रोगको पहिचानमा सहयोग पुग्ने तथा उपचार सस्तो हुने छ ।

क्यान्सरको खतरा र अन्यत्रबाट क्यान्सर सरेको वा नसरेको सहजै पत्ता लगाउन सकिने बताइएको छ ।हेल्थ केयर सोलुसनका निर्देशक भट्टले सफ्टवेयर जुनसुकै अल्ट्रासाउण्डका मेसिनमा राख्न मिल्ने बताएका छन् ।

प्रकाशित मिति: Apr 19, 2018

प्रतिक्रिया दिनुहोस्