Logo
७ बैशाख २०८१, शुक्रबार
(April 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्तराष्ट्रिय रुपमा हुने आतंककारी गतिविधि रोक्न सरकारले थाल्यो अप्रेशन

काठमाडौँ : त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट चोरिएका पासपोर्ट प्रयोग गरी अन्तराष्ट्रिय रुपमा हुने संगठित अपराध, मानव तस्करी तथा आतंककारी गतिविधि रोक्न सरकारले इन्टरपोल इन्टिग्रेटेड बोर्डर म्यानेजमेन्ट टास्क फोर्सका साथै अध्यागमन विभाग एवं नेपाल प्रहरीका अधिकृतहरुको उपस्थितिमा बिहीबारदेखि अप्रेशनको सुरुवात गरेको छ ।

इन्टरपोलबाट आउने सूचनाका आधारमा आवागमन तथा बर्हिगमन हुने व्यक्तिहरुको अभिलेख जाँच गरी अन्तराष्ट्रिय अपराधको रोमथाम गर्ने उद्देश्यले सरकारले उक्त अप्रेसनको सुरु गरेको बताइएको छ । दक्षिण एसिया तथा दक्षिण पूर्वी एसियाका विभिन्न ८ देशहरुमा हराएका तथा चोरी भएका राहदानी प्रयोग गरी अन्तराष्ट्रिय रुपमा हुने संगठित अपराधलाई रोक्न उक्त अप्रेशन संचालन गरिएको छ ।

इन्टरपोल इन्टिग्रेटेड बोर्डर म्यानेजमेन्ट टास्क फोर्सका संयोजक ह्विक लीलगायत अध्यागमन विभाग एवं नेपाल प्रहरीका अधिकृतहरुको उपस्थितिमा अप्रेशनको सुरुवात भएको हो । हाल उक्त अप्रेसन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र अध्यागमन कार्यालय बेलहिया रुपन्देहीमा मंगलबारदेखि वैशाख १३ गतेसम्म पाइलट प्रोजेक्टको रुपमा संचालन गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख होमनाथ थपलिया र प्रहरी उपरीक्षक प्रेम चन्दले अप्रेसनको आरम्भ गरेका हुन् ।

प्रकाशित मिति: Apr 19, 2018

प्रतिक्रिया दिनुहोस्