प्रहरी र अपराधिक समूह बीच भएको भिडन्तमा स्रोहको मृत्यु
मेक्सिको: मेक्सिकोमा दुई पक्षबीचमा भएको गोली हानाहानको घटनामा परी कम्तीमा सोह्र जनाको मृत्यु भएको छ । प्रहरी र अपराधिक समूहकाबीच भएको भिडन्तमा परी दश जना अपराधीक समूहका र छ जना प्रहरी अधिकारीहरु मरिएको छन् । मेस्किकोको गुइरेरो राज्य अन्तर्गत पर्ने तटिय क्षेत्र झिहाउतानेगोमा भएको भिडन्तमा उनीहरु मारिएको हो ।
ड्युटीमा खटिएका प्रहरीमाथि अपराधीक समूहले पहिला आक्रमण गरेका थिए र पछि प्रहरीले जवाफी कारबाही गरेको बताइएको छ । राज्यका महान्यायाधिवक्ताले घटनाका बारेमा अनुसन्धान गरी यस्ता घटना दोहोरिन नदिनका लागि आवश्यक व्यवस्था गर्न निर्देशन दिइ सकेका छन् । गुइरेरो पछिल्लो दुई बर्षमा अत्याधिक धेरै हिंसा हुने मेक्सिकोको राज्य हो । यस अवधिमा यस राज्यमा मात्रै २२ सय भन्दा बढीको मृत्यु भइसकेको छ ।