Logo
१३ बैशाख २०८२, शनिबार
(April 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरी जाँचचौकीमा भएको दोहोरो गोली हानाहानमा १० को मृत्यु

अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा अवस्थित एक प्रहरी जाँचचौकीमा शुरु भएको दोहोरो गोली हानाहानमा परी १० व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा आठ तालिबान आतङ्ककारी र दुई सुरक्षा अधिकारी रहेका छन् । उत्तरी क्षेत्रमा रहेको अफगान सुरक्षा प्रवक्ताले बुधबार सो जानकारी दिनुभएको छ ।

सिरिन तगाब जिल्लाको शास तेवा क्षेत्रमा रहेको सुरक्षा जाँचचौकीमा मंगलबार अबेर रातिआएका तालिवान आतङ्ककारी समूहले आक्रमण शु्रु गरेका थिए । आक्रमणपछि तालिबान र सुरक्षा अधिकारीबीच दोहोरो गोली हानाहान भएको जनाइएको छ । तीन घण्टासम्म जारी रहेको यस दोहोरो गोली हानाहानमा परी आठ आतङ्ककारीको मृत्यु हुनाका साथै अन्य छजना घाइते भएका छन् ।

दोहोरो गोली हानाहानका क्रममा दुई सुुरक्षा अधिकारीले ज्यान गुमाएका छन् भने अन्य दुईजना सामान्य घाइते छन् । तालिबान आतङ्ककारी समूहले यस विषयमा केही टिप्पणीगरेका छैनन् ।

प्रकाशित मिति: Apr 18, 2018

प्रतिक्रिया दिनुहोस्