Logo
७ बैशाख २०८१, शुक्रबार
(April 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आईबोसका सञ्चालकसहित नेटवर्किङ व्यवसायबाट ठगी आरोपमा ७ जना पक्राउ

काठमाडौं, ५ बैशाख : नेटवर्क मार्केटिङबाट ठगीमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । आईबोस ग्लोबल मार्केटिङ कम्पनीको नामबाट नेटवर्क व्यवसाय गर्ने सञ्चालक राजकुमार दंगालसहित ७ जनालाई पक्राउ गरेको हो ।

काभ्रे पाँचखालका दगालसहित दोलखाका नारायण शिवाकोटी, रामेछापका भक्तबहादुर नेपाली, रवीन नेपाली, तिर्सना सुनुवार र पूर्णबहादुर श्रेष्ठ र सोलुखुम्बुका प्रदीप राईलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले पक्राउ गरेको हो ।

यिनीहरुले सदस्यताबापत मोटो रकम लिइ नेटवर्कमा आवद्ध गराई पिरामिड संरचनामा सदस्यहरुको ठगी गरेको प्रहरीको भनाइ छ । पक्राउ परेका ७ जनामध्ये सबैभन्दा धेरै दोलखाका नारायण शिवाकोटीले ५ हजार ८ सय ८९ जना सदस्य बनाएका थिए ।

सीआईबीले मंगलबार चुच्चेपाटीस्थित आईबोस ग्लोबल मार्केटिङको केन्द्रीय कार्यालयमा छापा मारी ६६ जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरुमध्ये छानबिनपछि ७ जनालाई ठगी अभियोगमा अनुसन्धान अघि बढाएको सीआईबीले जनाएको छ ।

प्रकाशित मिति: Apr 18, 2018

प्रतिक्रिया दिनुहोस्