Logo
७ बैशाख २०८१, शुक्रबार
(April 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१० वर्षीया छोरीले दिइन् राजामामा कुसुण्डालार्इ दागबत्ती

तनहुँ, ५ वैशाख : लोपोन्मुख जातिका ६५ वर्षीय राजामामा कुसुण्डाको बुधबार बिहान निधन भएपछि उनको पार्थिव शरीरमा १० वर्षीय छोरी सीमान्तले दागबत्ती दिएकी छन् । उनको पार्थिव शरीरमा नेपाल आदिवासी जनजाति समन्वय परिषद्का सल्लाहकार यामबहादुर आले र जिल्ला अध्यक्ष वसुन्धरा घर्तीले जनजातिको झण्डा ओढाएका थिए ।

पवित्र मादी र सेती घाटमा पु¥याइएको बाबुका पार्थिव शरीरमा छोरी सिमान्तले दागबत्ती दिएकी हुन् । घाटमा लाने बेला उनको शवमा प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)ले समेत काँध थापेका थिए । राजामामाकी पत्नी इन्द्रमाया श्रीमान्को क्रिया बस्ने बताइएको छ ।

बुधबार बिहान व्यास-१० स्थित आफ्नै घरको आँगनमा एक्कासि ढलेका राजामामाको केही बेरपछि निधन भएको थियो ।उनी लामो समयदेखि प्रेसरको बिरामी थिए । राजामामाको निधनपछि कुसुण्डा भाषाको संरक्षण कस्ले गर्ने भन्ने चिन्ता बढेको बताइएको छ ।

प्रकाशित मिति: Apr 18, 2018

प्रतिक्रिया दिनुहोस्