Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको लागि नेपाल समूह ‘ए’ मा

काठमाडौँ: बंगलादेशको ढाकामा आज सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा आयोजक बंगलादेशसहित, पाकिस्तान र भुटान रहेका छन् । आगामी सेप्टेम्बर ४ देखि १५ तारिखसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको समूह ‘बी’ मा भारत, माल्दिभ्स र श्रीलंका रहेका छन् ।

साफ च्याम्पियनसिपमा नेपाल अहिलेसम्म फाइनल चरणमा पुग्न सकेको छैन । पछिल्लो संस्करणमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । सन् २०१३ मा भारतमा भएको साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलसम्म पुगेको थियो ।

प्रकाशित मिति: Apr 18, 2018

प्रतिक्रिया दिनुहोस्