Logo
२१ आश्विन २०७९, शुक्रबार
(April 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनयुद्ध, चुनाव चिह्न लगायतका विषय टुंग्याउन बाँकी, ९ गते एकता घोषणा हुदैन : प्रचण्ड

चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैशाख महिनाभित्रै एमालेसँग एकता हुने बताएका छन् ।

बुधबार बिहान भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै दाहालले केही मुख्य विषय टुंग्याउन बाँकी रहेका कारण बैशाख ९ गते एकता घोषणा हुन नसक्ने उनले बताए ।  अध्यक्षबीच छलफल सुरू चाँडै हुने र नयाँ मिति घोषणा गर्ने उनले बताए ।

जनयुद्ध, चुनाव चिह्न र एकताको मोडालिटी अर्थात केन्द्रीय समिति, प्रादेशिक समितिको गठन विधिका विषय नटुंगिएको उनले बताए ।

यी विषय अध्यक्ष तहमा नै टुंग्याउन कार्यदलले सिफारिस गरेको र हिजो मंगलबारबाट मात्रै छलफल सुरू भएका कारण ९ गते नभ्याइने भएको दाहालले बताए ।

प्रकाशित मिति: Apr 18, 2018

प्रतिक्रिया दिनुहोस्