Logo
७ बैशाख २०८१, शुक्रबार
(April 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिनियाँ उपराष्ट्रपति र विदेशमन्त्रीसंग परराष्ट्रमन्त्री ज्ञवालीको भेटवार्ता

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बुधबार बिहान बेइजिङमा चीनका उपराष्ट्रपति वाङ क्वीसानसँग भेटवार्ता गरेका छन् ।सरकारी निवास चोङनानहाइमा बुधबार बिहान ८ बजे उपराष्ट्रपति वाङ र ज्ञवालीबीच भेटवार्ता भएको हो ।

चोङनानहाई भेटवार्ता लगत्तै दियोथाई स्टेट गेष्ट हाउस फर्केका मन्त्री ज्ञवाली र चिनियाँ समकक्षी वाङ यीबीच भेटवार्ता भएको छ । बेइजिङमा दुई पक्षीय भेटवार्तापछि मन्त्री ज्ञवाली र चीनका विदेशमन्त्री वाङ यीले संयुक्त पत्रकार सम्मेलन आयोजना गरेका छन् ।

भेटमा ज्ञवालीले निर्वाचनपछि स्थिर सरकार बनेको र चीनसँग नेपालले बेल्ट एण्ड रोड इनिसियटिभ अन्र्तगत पूर्वाधार विकास आयोजनामा काम गर्न चाहेको बताएका थिए । उपराष्ट्रपति वाङले नेपाल चीनको असल छिमेकी रहेको दोहोर्याउँदै नेपालको आर्थिक विकासमा थप सहयोग गर्न बेइजिङ तयार रहेको बताएको स्रोतहरूले जनाएका छन् ।

 

प्रकाशित मिति: Apr 18, 2018

प्रतिक्रिया दिनुहोस्